PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

डोनाल्ड ट्रम्प र मेलानियाले ह्वाइट हाउस छाड्नु अघि नै लगाएका थिए कोरोना भ्याक्सिन



डोनाल्ड ट्रम्प र मेलानियाले ह्वाइट हाउस छाड्नु अघि नै लगाएका थिए कोरोना भ्याक्सिन
Photo : Pete Marovich / Pool via Getty Images

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छाड्नु अघि नै कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाएको खुलेको छ।

सीएनएनसँगको कुराकानीमा ट्रम्पका सल्लाहकारले पूर्व राष्ट्रपति र पूर्व फस्ट लेडी मेलानिया ट्रम्पले जनवरीमा नै भ्याक्सिन लगाएको बताएका हुन्। उनीहरुले कुन भ्याक्सिन लगाएको भन्ने खुलेको छैन।

कोरोना संक्रमण पुष्टि भएपछि ट्रम्पलाई मोनोक्लोनल एन्डीबडी ककटेल प्रदान गरिएको थियो। ट्रम्पलाई अहिले पनि उक्त ककटेल प्रदान गरिँदै आएको छ।

वर्तमान राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको रुपमा सपथ लिनु अघि टेलिभिजनमा लाइभ आएर भ्याक्सिन लगाएका थिए। तर ट्रम्पले भने सार्वजिन रुपमा भ्याक्सिन लगाएका थिएनन्।

आइतबार फ्लोरिडामा उनले भ्याक्सिन लगाएपछि हुने साइड इफेक्टको पीडा बारे बोलेका थिए। उनले सबैलाई भ्याक्सिन लगाउन आह्वान समेत गरेका थिए। त्यसपछि उनले पनि भ्याक्सिन लगाएको कुरा बाहिरिएको हो।

ट्रम्पले आइतबार एक कार्यक्रमलाई सम्बोधन गर्दै भ्याक्सिन निर्माण आफ्नो सरकारकै बेला भएको भन्दै यस तथ्यलाई बिर्सिन दिन नहुने बताएका थिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell