PahiloPost

Oct 31, 2025 | १५ कात्तिक २०८२

ताप्लेजुङको दोभान बजारमा आगलागी : ३५ घर जलेर नष्ट



ताप्लेजुङको दोभान बजारमा आगलागी : ३५ घर जलेर नष्ट

काठमाडौं : ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ३ स्थित जिल्लाकै दोस्रो ठूलो बजार दोभान बजारमा आगलागी भएको छ।

आज बिहान १० बजे भोला पौडेलका घरबाट विद्युत् चुहिएर आगलागी भएको स्थानीयवासी गणेश कार्कीले जानकारी दिए।

दोभान बजारमा अहिले ३५ घर जलेर पूरै नष्ट भइसकेको उनले बताए।

भने, 'आगो नियन्त्रणभन्दा बाहिर गइसक्यो, केही घर भत्काएर अग्निरेखा कोर्ने काम गर्दैछौं।'

ताप्लेजुङको दमकल आगलागी क्षेत्रमा पुगेको र छिमेकी जिल्ला पाँचथरदेखि पनि आउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिए।

उनले भने, 'म पनि आगलागी क्षेत्रमा जाँदै छु। आगलागी भीषण छ भन्ने खबर आएको छ।'

सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रण गर्ने प्रयास गरिरहेको कार्कीले बताए। रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell