PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

मापसेबाट बच्न ट्राफिक प्रहरीलाई एक हजार घुस दिन खोज्ने ट्रक चालक पक्राउ



मापसेबाट बच्न ट्राफिक प्रहरीलाई एक हजार घुस दिन खोज्ने ट्रक चालक पक्राउ

काठमाडौं : कलंकीको खसिबजार क्षेत्रमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई घुस दिने प्रयास गर्ने एक ट्रक चालक पक्राउ परेका छन्।

मंगलबार ट्राफिक प्रहरी शंकर कुमार पन्तले ना ५ ख नम्बरको ट्रक चालकलाई मापसेमा कारवाही गर्न खोज्दा ट्रक चालक राजकुमार परियार नेपालीले पन्तलाई एक हजार रुपैयाँ घुस दिन खोजेका थिए। आर्थिक प्रलोभनमा पार्न खोजेपछि उनलाई पक्राउ गरि महानगरिय प्रहरी प्रभाग कलंकीमा बुझाइएको थियो।

सोमबार राति पनि बालाजुमा ट्राफिक प्रहरीलाई घुस दिने प्रयास गरेका दुई ट्रक चालक पक्राउ परेका थिए।

ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने सवारी चालक पक्राउ...

Posted by Traffic Ramshahpath on Tuesday, March 2, 2021



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell