PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

संघ र प्रदेश सरकारको विवादले उद्योगीहरु प्रदेश २ मा लगानी गर्न हिच्किचाए : विनोद चौधरी



सुमित मिश्र

संघ र प्रदेश सरकारको विवादले उद्योगीहरु प्रदेश २ मा लगानी गर्न हिच्किचाए : विनोद चौधरी

जनकपुरधाम : व्यापारको उद्गम स्थलको रुपमा जनकपुरसहित प्रदेश २ नै भएपनि विभिन्न वाधा अबरोधका कारण यस क्षेत्रमा विकास हुन नसकेकोप्रति उद्योगपति तथा प्रतिनिधिसभा सदस्य विनोद चौधरीले दुःख व्यक्त गरेका छन्।

जनकपुरधाममा आयोजित ४ दिने दोस्रो जनकपुर साहित्य महोत्सवको प्रथम शत्रमा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै उद्योगपति चौधरीले संघ सरकार र प्रदेश सरकारको विवादको कारण व्यवसायीहरु लगानी गर्न चाहेपनि लगानी गर्न हिच्किचाइरहेको  बताए। उद्योगपति चौधरीले उद्योगीहरुले यस प्रदेशमा लगानी गर्न चाहेपनि संघ र प्रदेश सरको अधिकारको लागि भइरहेको बाझाबाझका कारण लगानी गर्न हिचकिचाहट भइरहेको भन्दै दुःख व्यक्त गरे।

उनले भने, ‘संघीयता पश्चात विकास गर्ने क्रममा यसै प्रदेशबाट विकासको काम शुरु गर्ने मानसिकताको साथ २ सय मेगावाटको सोलार पावरको प्रोजेक्ट सञ्चालन गर्न प्रदेशका मन्त्रीजी र लगानीकर्ताबीच सम्झौता गरायौँ, तर दुर्भाग्यवस प्लान्ट सञ्चालनको लागि जग्गा उपलब्ध गराउने अधिकार संघको हो कि प्रदेशको यसै लफडामा प्रोजेक्ट थन्कियो।’

संघ र प्रदेश सरकारबीचको खिचातानीको कारण यहाँको विकासमा अवरोध भइरहेको उनले बताए।

उनले भने, ‘अब सञ्चालन हुन लागेको रेल्वे, हालैमा उद्घाटन भएको एयरपोर्टहरु भएपनि प्रदेश र संघबीचको खिचातानीको कारण विकासको काम अवरुद्ध भइरहेको डर र आस्वस्त भएर फर्कदैछु।’

उनले मिथिला सभ्यता तथा यहाँका मिथिला संस्कृतिको विश्व सामु प्रचार प्रसार गर्न सकियो भने रोजगारीको बाढीको श्रृजना गर्न सकिने समेत बताए। यसका लागि प्रदेश तथा स्थानीय सरकार मापपदण्ड तयार पार्न अग्रसर हुनुपर्नेमा जोड दिए। जनकपुरधामको इतिहास र धार्मिक परम्परा प्राचिन रहेकोले यसलाई प्रचार गरी उद्योग क्रान्ति ल्याउने प्रचुर सम्भावना रहेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell