काठमाडौं : आज हुने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम विवादबारेको फैसला पछि सरेको छ। पूर्वन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधन भएको शोकमा आज एक दिन सर्वोच्चसहित सबै अदालत बन्द रहेका कारण फैसला मिति पछि सरेको हो।
फागुन ६ मा यसमाथि परेको रिटमा सुनुवाई सकिएको थियो।
न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले फागुन २० गते निर्णय सुनाउने आजको तयारी थियो।
नकेपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि नेपाल कम्युनिष्ट पार्टी नेकपा गठन भएको थियो। त्यसपछि ऋषि कट्टेलले नेकपा नाममा दाबी गर्दै सर्वोच्चमा मुद्दा हालेका थिए।
नामको विवाद टुंगो लागेपछि राजनीति पनि नयाँ शिराबाट अघि बढ्नेछ।