PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

म्यानमारमा सैनिक कु विरुद्ध प्रदर्शन : एकै दिन ३८ प्रदर्शनकारीको मृत्यु



म्यानमारमा सैनिक कु विरुद्ध प्रदर्शन : एकै दिन ३८ प्रदर्शनकारीको मृत्यु
फोटो : CNN

म्यान्मारमा सैनिक कुविरुद्को प्रदर्शनमा ३८ जना मानिसहरु मारिएका छन्। बुधवार भएको यो घटना अहिलेसम्मकै भयावह भएको बताइएको छ। गत माघ १९ गते सेनाले सत्ता हातमा लिए यता म्यानमारमा दिनहुँजसो प्रदर्शन हुँदै आएको छ।

त्यसक्रममा ५० जनाको मृत्यु भइसकेको छ। त्यसमध्ये बुधवार एकै दिन ३८ जनाको मारिएका हुन्। म्यान्मारका लागि राष्ट्रसङ्घीय दूत क्रिस्टिन बर्गनरले बुधवारको अवस्था भयावह भएको सञ्चारमाध्यमहरुलाई बताएकी छन्। आन्दोलनमा उत्रेका १२०० भन्दा बढीलाई पक्राउ गरिएको छ। उनीहरुलाई कहाँ राखिएका छन् कुनै पत्तो नभएको उनीहरुका नातेदार तथा आफन्तहरुले बताएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell