PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

युएस क्यापिटलमा आक्रमणको चेतावनीपछि बढाइयो सुरक्षा



युएस क्यापिटलमा आक्रमणको चेतावनीपछि बढाइयो सुरक्षा
Photo : EPA

अमेरिकी संसदमा आक्रमण हुन सक्ने भन्दै युएस क्यापिटलमा सुरक्षा व्यवस्था कडा गरिएको छ।

एक मिलिसिया समूहले भवनमा आक्रमण गर्न सक्ने इन्टेलिजेन्स सूचनाका आधारमा सुरक्षा बढाइएको हो।

आक्रमणको चेतावनी सार्वजनिक भएसँगै बिहीबारका लागि तय भएको हाउस अफ रिप्रिजेन्टेटिभ्सको बैठक स्थगित गरिएको छ। सिनेटको बैठक भने तय कार्यतालिका अनुसार नै संचालन हुने भएको छ।  

जो बाइडेनलाई आधिकारिक रुपमा राष्ट्रपति निर्वाचित गर्न बैठक बसेको समयमा डोनाल्ड ट्रम्प समर्थकहरुले भवनमा घुसेर आक्रमण गरेयता क्यापिटलको सुरक्षाको व्यवस्थालाई बलियो बनाउने प्रयास भइरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell