PahiloPost

Jul 3, 2024 | २० असार २०८१

फिल्म 'आँधी तूफान २' निर्माण हुने घोषणा



फिल्म 'आँधी तूफान २' निर्माण हुने घोषणा

काठमाडौं : फिल्म 'आँधी तूफान२' निर्माण हुने घोषणा भएको छ।

'आँधी तूफान २' १६ वर्षअघि निर्माण गरिएको फिल्म 'आँधि तूफान' को सिक्वल फिल्म हुने आज आयोजित एक कार्यक्रममा जनाइएको थियो। उक्त फिल्मको निर्देशन महेन्द्र बुढाथोकीले गरेका थिए। सिक्वे  फिल्ममा निर्देशकका साथै कलाकार पनि नयाँ हुनेछन्।

फिल्ममा आरती आचार्य, पुनम गौतम, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, धुव्र कोइराला, मनिष कोइराला, सञ्जय खतिवडा, पुस्कर राउत, सुमन लामा, राजाराम गौतम, गोकुल सुवेदी लगायत कलाकारको भूमिका रहनेछ। फिल्ममा मौनता श्रेष्ठ को निर्माण र लेखन रहेको छ।

फिल्म 'आँधि तूफान २' मदन घिमिरेले निर्देशन गर्न लागेका हुन्।

सामाजिक कथा विषयवस्तुमा आधारित महिला एक्सनप्रधान फिल्म रहेको घिमिरेले बताए।

फिल्मको छायांकन भने चैत्रको दोस्रो साताबाट शुरु हुने छ। रामशरण उप्रेतीको छायांकन रहने फिल्ममा सुरेश अधिकारीको संगीत रहनेछ।

यसअघि निर्देशक घिमिरेले आमाको काख, घर परिवार, वुवाआमा, जीवनदाता ,दादागिरी र माया नमार जस्ता सफल फिल्म बनाइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell