PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

संसद सचिवालय पुगेर प्रचण्ड-माधव समूहले ओली र उनी निकट नेताहरुलाई कारवाही गरेको बारे जानकारी गरायो



संसद सचिवालय पुगेर प्रचण्ड-माधव समूहले ओली र उनी निकट नेताहरुलाई कारवाही गरेको बारे जानकारी गरायो

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओली समूहका नेतालाई पार्टीले गरेको कारवाही बारे संघीय संसद सचिवालयमा जानकरी गराएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाएको निर्णयका साथै बुधवार भएका निर्णय सचिवालयमा जानकरी गराएको प्रचण्ड-नेपाल समूहका नेता दिनानाथ शर्माले जानकारी दिए।

बुधवारको केन्द्रीय कमिटीको बैठकले संसदीय ‍दलका उपनेता तथा ओली समूहका नेता सुवास नेम्वांङ, ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, केन्द्रीय सदस्य महेश बस्नेत, कर्ण थापालाई अनुशासनको कारवाही गरेको थियो।

उक्त कारवाहीको जानकारी प्रचण्ड-नेपाल समूहले संसद सचिवालयलाई गराएको हो।

फागन २३ गते प्रतिनिधि सभाको बैठक बस्दै छ। प्रचण्ड-नेपाल समूहले संसदमा प्रधानमन्त्री ओली विरुद्ध कांग्रेससँग मिलेर अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिरहेको छ। तयारी भइरहेको भए पनि टुंगो भने लागि नसेकेको प्रचण्ड-नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell