PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

जनकपुर साहित्य महोत्सवमा मैथली भाषाको व्याख्या, पाठ्यक्रममा समावेश गर्न सुझाव



सुमित मिश्र

जनकपुर साहित्य महोत्सवमा मैथली भाषाको व्याख्या, पाठ्यक्रममा समावेश गर्न सुझाव

जनकपुरधाम : जनकपुरधाममा जारी ४ दिवसीय जनकपुर साहित्य महोत्सवको तेस्रो दिनको पहिलो सत्रमा मैथिली मिठासमाथि छलफल गरिएको छ। उक्त सेसनमा वक्ताहरुले मैथिली भाषामाथि चर्चा गरेका छन्। सुमधुर भाषाको रुपमा रहेको मैथिली भाषालाई पछिल्लो समय खण्ड खण्डमा विभाजन गरिएकोमा वक्ताहरुले दुख व्यक्त गरे।

प्रा. डा. कुलप्रसाद कोइरालाले सबै भाषा सामान हुने बताए। उनले कुनै भाषा मिठो अथवा तितो नहुने गरेको भन्दै भने, ‘सबैलाई आफ्नो मातृभाषासँग प्रेम हुन्छ। प्रेम भएपछि तितो कुरा पनि मिठो लाग्छ। तर ध्वनि विज्ञानको दृष्टिले मैथिली भाषा सबैभन्दा उद्यारतानबाला भाषा हो।’

मैथिली भाषामा जति महोहर गीत र भजनमा हुन्छ त्यति दक्षिणपूर्वी एसियाको कुनै भाषामा नरहेको उनले दावी गरे। कोइरालाले भने, ‘संसारमा बोलिने सबैभाषा सामान हो, कुनै ठुलो वा सानो होइन्। मिठासको कुरा छ भने दक्षिण पूर्वी एसियामा अहिले २ सय ९० भाषा बोलिन्छ, त्यसमध्ये सबैभन्दा सुमधुर भाषा संस्कृतलाई मानिएको छ र त्यसकै हाराहारीमा दोस्रोमा मैथिली हो।’

कोइरालाले मैथिली भाषा भारतको विहारको केहि निश्चित क्षेत्र र नेपालको नारायणीपूर्व कोशी पश्चिम, राजमार्गभन्दा दक्षिणको क्षेत्रलाई मात्र मिथिलाको भूभागको रुपमा चिनेको भन्दै उनले प्राचिन समयमा हिमालदेखि गंगासम्म मिथिला रहेको बताए।

त्यस्तै साहित्यकार करुणा झाले माता जानकीको अर्को नाम मैथिली रहेकोले महिलाको दृष्टिकोणले यो स्वत मिठो रहेको बताइन्। उनले मैथिली भाषाको संरक्षणमा पनि अहिले महिलाकै महत्वपूर्ण योगदान रहेको दावी गरिन्। तर पछिल्लो समय उनले मैथिली भाषामा सहरको कारण पश्चिमी सभ्यताको नक्कलले भाषा पछाडि पडिरहेकोमा दुख व्यक्त गरिन्। उनले गाउँमा अहिले पनि मैथिली भाषाको बढी प्रयोग हुने गरेको र गाउँकै मानिस तथा महिलाले मैथिली भाषालाई जिवित राखेको बताइन्।

साहित्यकार झाले नेपालको संविधानमा सबैमातृ भाषालाई राष्ट्रिय भाषा भनेर एउटा झुनझुना मात्र पक्राएको बताइन्। उनले यस भाषाको शैक्षिक संस्थाहरुमा लागु नगरेसम्म यसको संरक्षण हुन नसक्ने बताइन्। उनले मैथिली भाषा पछिल्लो समय खण्ड खण्डमा बाँडिएको बताइन्। ठाउँअनुसार भाषाको बोलावटमा केहि फरक भए पनि त्यसलाई मगही, बज्जिका लगायतका भाषा भन्ने गरेको गवुनासो गरिन्। विद्यालयहरुमा पनि मैथिली बोल्न नदिएको उनको गुनासो छ।

त्यस्तै साहित्यकार परमेश्वर कापडीले मैथिली भाषा, कला, संस्कृति लोक भाषा, कला, संस्कृति सबै जानकीमय रहेकोले यसमा मिठास रहेको बताए। उनले भने, ‘मैथिली यसको लागि मिठो छैन कि त्यो बोलचालको मात्र भाषा हो, यो झिझियाको गीतको भाषा हो, यो लोकगाथाको भाषा हो, सामाचकेवाको भाषा हो, त्यसैले यसको मिठासको पहुँच अनुमप हो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell