PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रचण्डले ओलीलाई भने 'बिग्रिएको कम्युनिष्ट' : विप्लव आफूले कोरेकै गोरेटोमा आइपुगेको दाबी, अब एउटै टिममा



प्रचण्डले ओलीलाई भने 'बिग्रिएको कम्युनिष्ट' : विप्लव आफूले कोरेकै गोरेटोमा आइपुगेको दाबी, अब एउटै टिममा

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिग्रिएको कम्युनिष्ट भन्दै 'कुहेको अण्डा'को संज्ञा दिएका छन्। शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष दाहालले कम्युनिष्टहरु बिग्रिए पनि कामै नलाग्ने गरि कुहिएर जाने बताएका हुन्।

कम्युनिष्ट आन्दोलन वैज्ञानिक मान्यतामा आधारित आन्दोलन भएतापनि समाजमा भएका गलत संगत र अभ्यास पनि मिसिन आउने भएकाले गलत र सहिको संघर्ष सधै चलिरहने उनले बताए। उनले कम्युनिष्ट आन्दोलन भित्रको संघर्ष समाज विकासको वर्ग संघर्ष पनि भएको बताए।

माओले बिग्रिएका कम्युनिष्टलाई कुहेको अण्डाको संज्ञा दिएको दृष्टान्त दिँदै अध्यक्ष दाहालले प्रधानमन्त्री ओली पनि 'कुहिएको अण्डा' भएको बताएका हुन्।

उनले भने, 'एकपटक माओसेतुङले बिग्रेका कम्युनिष्टका बारेमा भन्दा भन्नुभएको थियो, अण्डा स्वास्थ्यको लागि राम्रो कुरा हो। तर अण्डा कुहियो भने त्यो भन्दा गन्धा चिज अरु केही पनि हुँदैन। कम्युनिष्टहरु राम्रा हुन्छन् तर गन्हाउन थाले बिग्रिन थाले र कुहियो भने त्यो भन्दा नराम्रो कोहिपनि हुँदैन। केपी ओली त्यही कुहेको अण्डा हो। कुहेको गन्हाएको अण्डालाई खाईदैन नि। त्यसलाई गाडिन्छ या जलाईन्छ। तपार्इ हामी चाही स्वस्थ्यवर्द्धक जीवनशिल तत्व हो।'

प्रतिनिधिसभा विघटन भएको दिन आफुले प्रतिक्रान्तिको षड्यन्त्र विरुद्ध जनयुद्ध सुरु भएको भनेको स्मरण गर्दे उनले सर्वोच्चको फैसला संगै सबै बिजयी भएको बताए।

भने,'मैले प्रतिक्रान्तिको षड्यन्त्रको विरुद्ध शान्तिपुर्ण रुपले नयाँ जनयुद्ध सुरु भयो भनेको थिएँ। जनयुद्धमा सर्वोच्चको फैसला पछि तपाई हामी सबै बिजयी भएको अवस्था हो।'

प्रचण्डपथमा विप्लव !

प्रचण्डले विभिन्न शक्तिको चलखेलका कारण कम्युनिष्ट आन्दोलनका सहकर्मी साथीहरु अलग भएको भन्दै अहिले फेरि कम्युनिष्ट आन्दोलनमा समाहित हुन आएकोमा खुसी व्यक्त गरे। उनले नेत्र विक्रम चन्द पनि आफ्नै बाटोमा आएकोमा खुसी हुँदै उनलाई स्वागत गर्न प्रतिक्षारत रहेको बताए।

'विप्लवजी पनि अन्तत्वगत्वा पार्टीकै बाटोमा, मैले कोरेकै गोरेटोमा आईपुग्नुभएको छ। यस अर्थमा म उहाँलाई पनि धन्यवाद भन्न चाहन्छु र छिटै यस्तै कार्यक्रममा उहाँलाई स्वागत गर्ने प्रतिक्षामा रहेको कुरा पनि घोषणा गर्न चाहन्छु। अन्तत उहाँ यही ठाउँमा,यही लाइनमा ,यही टिममा आउनै पर्छ। मैले धेरै पहिले भनेको थिएँ। जतिबेला उहाँ म बाट अलगिनुभयो। एउटा दिन आउनेछ, जुन दिन तपाई यहाँ हुनुहुनेछ भनेको थिएँ। एउटा कालखण्डमा एउटै मात्र प्रचण्ड हुन्छ। दुईवटा पात्र एकैचोटी हुँदैन। एउटा कालखण्डमा एउटा क्रान्ति हुन्छ, दुईवटा प्रचण्ड हुँदैन भनेकै थिएँ। अन्ततः उहाँ प्रचण्डकै बाटोमा आउनुभयो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell