PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पाटनबाट चोरिएको लक्ष्मी नारायणको मूर्ति अमेरिकाद्वारा नेपाललाई हस्तान्तरण



पाटनबाट चोरिएको लक्ष्मी नारायणको मूर्ति अमेरिकाद्वारा नेपाललाई हस्तान्तरण

काठमाडौं : नेपालबाट सन् १९८४ मा चोरी भएको लक्ष्मी नारायण (वासुदेव कमलाजा)को मूर्ति अमेरिकी सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।

वासिङटनस्थित नेपाली दूतावासमा आयोजित एक कार्यक्रममा फेडरल ब्युरो अफ इन्भेस्टिगेशनका सहायक निर्देशक टिमोटी एम डनह्यामले ललितपुरबाट चोरी भइ अमेरिका पुगेको मूर्ति राजदूत युवराज खतिवडालाई हस्तान्तरण गरेकका हुन्।

उक्त मूर्ति सन् १९९० देखि अमेरिकाको डल्लास म्यूसियम अफ आर्ट्समा प्रदर्शनमा राखिएको थियो।

उक्त अवसरमा राजदूत खतिवडाले नेपालबाट चोरिएको मूर्ति फिर्ता गर्न अमेरिका सरकारले सहयोग गरेको धन्यवाद व्यक्त गरेका थिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell