PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अब पनि कम्युनिस्टबाट सुशासनको आश राखे त्यो महाभुल हुनेछ : प्रकाशमान सिंह



अब पनि कम्युनिस्टबाट सुशासनको आश राखे त्यो महाभुल हुनेछ : प्रकाशमान सिंह

काठमाडौं : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिस्टहरु शासन सत्ता सञ्चालनमा पूर्ण असफल भएको बताएका छन्। यस्तो अवस्थामा कम्युनिस्टबाट सुशासनको आश राख्नु महाभुल हुने नेता सिंहको भनाई रह्यो।

गणेशमान सिंहको स्मृतिमा सक्षम युवा समाजले राजधानीमा आयोजना गरेको कार्यक्रममा सिंहले उक्त भनाई राखेका हुन्। 'कम्युनिस्टहरु शासन सत्ता संचालनमा पूर्ण रुपमा असफल भएकाले अब पनि यिनीहरु बाट सुशासनको आश राख्नु महाभूल हुने छ।'

जनताले दिएको जनमतको कदर गर्न नसक्ने र पार्टीभित्रको मतभेद मिलाउन नसकेर नेकपाले संविधान माथि नै प्रहार गरेको पार्टीबाट यस्तो आश गर्न नसकिने सिंहको तर्क रह्यो। 'संसारलाई चमत्कार गरेर देखाउछौं भनेर जनताको म्यान्डेट लियर आए पनि आफ्नै पार्टी चलाउन नसकेर संसद विघठनजस्तो असंवैधानिक कदम चालेर ब्यवस्था माथि नै धावा बोल्ने कुचेष्टा गरेकाले जनताको जनमतकोसमेत अपमान गरेको छ,' नेता सिंहले भने।

अब पनि असंवैधानिक कदम उठाउने सरकारलाई सरकारमा बस्ने नैतिक र राजनीतिक आधार नभएको उल्लेख गर्दै उनले संसदीय प्रक्रियाबाटै अघि बढ्नु पर्ने बताए। उनले नेपालको राजनीतिमा गणेशमान सिंहको योगदानको चर्चासमेत गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell