PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

गौर हत्याकाण्डको दोषीलाई कारवाहीको माग गर्दै पीडितहरुले प्रधानमन्त्री र मानवअधिकार आयोगमा बुझाए ज्ञापन पत्र



गौर हत्याकाण्डको दोषीलाई कारवाहीको माग गर्दै पीडितहरुले प्रधानमन्त्री र मानवअधिकार आयोगमा बुझाए ज्ञापन पत्र

काठमाडौं : गौर हत्याकाण्डका पीडितहरू न्याय माग्दै काठमाडौं आएका छन्। घटनाको १४ वर्ष बितिसक्दासमेत न्याय नपाएको भन्दै पीडितहरू प्रधानमन्त्री निवास र मानवअधिकार आयोग पुगेका हुन्।

पीडितहरुले बालुवाटार पुगेर शनिवार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र समेत बुझाएका थिए। गौर हत्याकाण्ड संघर्ष समितिका संयोजक रूपसागर उपाध्यायको नेतृत्वमा १३ जना पीडितहरूले संयुक्त रूपमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन्।

पीडिहरुले जनता समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवलाई घटनाको मुख्य अभियुक्त र योजनाकारको आरोप लगाउँदै कारवाहीको माग गरेका हुन्।

ओलीले भने गौर हत्याकाण्डको फाईल खोलेर कारवाही प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता जनाएका थिए। प्रधानमन्त्रीले उक्त घटनालाई इतिहासमा 'कालो दाग' भन्दै अपराधीहरुलाई कुनै पनि हालतमा उम्किन नदिने बताएका थिए।

'२७ जनाको विभत् एवम् निर्ममतापूर्वक हत्या गरिएको गौर हत्याकाण्ड इतिहासको एउटा कालो दाग हो। यस दागले तपाईहरुलाई कुन हदसम्म पोल्छ, त्यो मैले बुझेको छु,' प्रधानमन्त्रीलाई उद्धृत गर्दै एक जना सहभागीले भने, 'तपाईहरु ढुक्क हुनुस्, छानबिन आयोगले दिएको प्रतिवेदन छदैछ, थप अनुसन्धानका लागि अब गौर हत्याकाण्डको फाइल खुल्छ। कोही पनि दोषी उम्किन पाउदैनन्, कारबाही हुन्छ।'

त्यस्तै आइतबार बिहानै उनीहरुले न्यायका लागि पहल गरिदिन राष्ट्रिय मानव अधिकार आयोगको ध्यानार्षण गराएका छन। लगत्तै आज पत्रकार सम्मेलन गरेर उनीहरूले दोषीलाई कारवाही नभए भद्रकालीमा अनशन बस्ने चेतावनी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell