PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

जेष्ठ नागरिकलाई कोरोनाविरुद्ध खोप लगाउन सुरु

जेष्ठ नागरिकलाई कोरोनाविरुद्ध खोप लगाउन सुरु


काठमाडौं : देशभर दोस्रो चरणको खोप अभियान आजबाट सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर आज खोप लगाउँदै दोस्रो चरणको खोप अभियान सुरु गरेका हुन्।

आजदेखि दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका नागरिकलाई खोप लगाउन थालेका छन्। शिक्षण र सिभिल अस्पतालमा सर्वसाधरणहरु बिहानै देखि खोप लगाउन लाइन बसेका थिए। अन्य खोप केन्द्रमा पनि बिहानै देखि खोप लगाउनेहरुको भिड थियो।

२० दिनसम्म चल्ने ज्येष्ठ नागरिक खोप अभियानमा १६ हजारलाई खोप प्रदान गरिने जनाइएको छ।

सरकारले कूल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप उपलब्ध गराउने लक्ष्य लिएको छ। पहिलो चरणअन्तर्गत १ दशमलव ४ प्रतिशतलाई खोप प्रदान गरिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell