![म कहाँ छु ?](https://pahilopost.com/assets/upload/contentthumb/158789796_884263582142322_6577164053421567968_n.jpg)
पुष्पकमल दाहाल प्रचण्डलाई नेता मानेर नेकपाबाट अलग्गिएका पूर्व प्रधानमन्त्री माधव नेपाल पुरानै पार्टी नेकपा एमालेमा फर्कने भएका छन्। सर्वोच्च अदालतले नेकपाको नाम विवादको मुद्दामा ऋषि कट्टेलको पक्षमा फैसला गरेर एमाले र माओवादी केन्द्र ब्युँताएसँगै नेपाल पहिलेकै पार्टीमा फर्कन बाध्य भएका हुन्। सोमवार पेरिसडाँडामा प्रचण्डसँग अन्तिम बैठक बसी नेपाल छुट्टिएका हुन्। अबको राजनीतिक कोर्स कसरी अघि बढ्छ? यसबारे जिज्ञासा बढ्दो छ।