PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

अध्यादेश फेल गर्ने आँट छ कसैको? : प्रधानमन्त्री ओली



अध्यादेश फेल गर्ने आँट छ कसैको? : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको अध्यादेश फेल गरेर देखाउन चुनौती दिएका छन्।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सोमवार काठमाडौंमा गरेको कार्यक्रममा सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले हिम्मत भए अध्यादेश फेल गरेर देखाउन चुनौति दिएका हुन्। उनले एसिड आक्रमण विरुद्धको अध्यादेश पास हुन नदिन संसद अवरुद्ध गरिएको दाबीसमेत गरे। ओलीले संसदमा सांसदहरुले संसदीय मुल्य मान्यता र मर्यादाविरित क्रियाकलाप गरेका आरोपसमेत लगाए। मुद्दा लडेर संसद पुर्नस्थापना गराएर संसदमा धामी नाँच देखाएका आरोप पनि ओलीको थियो।

प्रधानमन्त्री ओलीले भने, 'छलफल गर्दा  माननीय भनेर अगाडि लेखेको हुन्छ। माननीय भनेर लेखिए जस्तै माननीयले बोल्ने भाषा जस्तै बोल्यौ। छलफल गरौं न। छलफल गरेको हो कि? उफ्रेको हो कि? धामी नाच हो कि? पार्लियामेण्टमा। हिजो पहिलो दिन औपचारिक रुपमा पार्लियामेण्ट सुरु भएको छ, गुरुरर कुदेर आएर बेलमा आएर नारा लगाएका छन् कराएका छन्। के विग्रियो भन्दाखेरि एसिड आक्रमण विरुद्धको अध्यादेश पेश गर्यो सरकारले। फेल गरे भैगो नि सक्छौ भने। फेल गर्ने आँट कसैको छ? फेल गर्ने आँट छैन। मन पनि छैन। फेल गर्ने आँट पनि छैन। त्यसकारण बेल घेरेर अध्यादेश पेश गर्न पाइँदैन भनेर नारावाजी। प्रतिनिधिसभा पुर्नस्थापना हुनुपर्छ भनेर मुद्दा लडेर आएपछि ताजुक देखियो।'

पुर्नस्थापित संसदलाई देश र जनताका समस्याका बारेमा छलफल गर्ने थलो बनाउनुपर्नेमा त्यसो हुन नसकेको र एसिड आक्रमण विरुद्धको कानुन पास हुन नदिन बैठक अवरुद्ध गरिएको आरोप प्रधानमन्त्रीले लगाए।

ओलीले भने, 'लडाई गरेर, मुद्दा लडेर, यतिखेर चुनावमा जान्थ्यो देश। चुनाव पछि राम्रो सरकार बन्थ्यो। त्यसलाई रोके मुद्दा हालेर। संसद पुनस्थापना किन गर्‍या रहेछ भन्दा उफ्रिन नारा लगाउन, कराउन, अध्यादेश पेस हुन नदिन, एसिड आक्रमण विरुद्धको कानुन पास हुन नदिन, त्यसका लागि पो बोलाएको रहेछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell