PahiloPost

May 22, 2024 | ९ जेठ २०८१

मुस्कानलाई अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड



मुस्कानलाई अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड

काठमाडौं : एसिड पीडित मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला(आइडब्लुओसी) पुरस्कार प्रदान गरिएको छ। अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारी सोमवार साँझ अमेरिकी प्रथम महिला जिल बाइडन र विदेशमन्त्री टोनी ब्लिङ्कनले भर्चुअल कार्यक्रम उनलाई अवार्ड प्रदान गरिएको हो।

नेपालस्थित अमेरिकी मिसनको पहलमा मुस्कानलाई उक्त सम्मान प्रदान गरिएको हो। मुस्कान यो सम्मान पाउने पहिलो नेपाली हुन्।

आइडब्ल्युओसी हाल १५ औं वर्षमा प्रवेश गरेको र उसले प्रायजसो ठुलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता, र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाको सम्मान गर्ने गरेको अमेरिकी दूतावासले जनाएको छ।

२०७६ भदौ २० गते छपकैया घरबाट बिहान साढे ६ बजे स्कुल गइरहेका अवस्थामा वीरगन्ज–२ छपकैयाकै छिमेकी दुई युवकहरुले मुस्कानमाथि तेजाब प्रहार गरी सिकिस्त घाइते बनाएका थिए। मुस्कानलाई अमेरिकी तथा नेपाली डाक्टरहरुको टोलीले मुस्कानको प्लास्टिक सर्जरी गरेको थियो। वीरगंजको छपकैंया निवासी मुस्कानको कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell