PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भारतमा बढ्यो कोरोना संक्रमण, महाराष्ट्रको केही स्थानमा पुन: लकडाउन



भारतमा बढ्यो कोरोना संक्रमण, महाराष्ट्रको केही स्थानमा पुन: लकडाउन
Photo : REUTERS

भारतमा कोरोना संक्रमणको ग्राफ फेरि बढ्दै गएको छ। संक्रमणको अवस्था बढेसँगै महाराष्ट्रको नासिकमा 'विकेन्ड' का दिन लकडाउन गरिने भएको छ। यस्तै, ठाणे शहरमा ११ हटस्पट क्षेत्र पहिचान गरि मे १३ देखि मार्च ३१ सम्मका लकडाउन गरिने भएको छ। संक्रमण बढी भएको स्थानमा विद्यालय र कलेजहरु बन्द गर्न भनिएको छ।

केही स्थानमा लकडाउनको समयमा खुकुलो व्यवस्था गरिएको छ। बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म पसलहरु खोल्न सकिनेछ भने रेष्टुराँहरु रातिको ९ बजेसम्म मात्रै संचालन गर्न सकिनेछ।

मार्च १५ देखि मुम्बईमा विवाह कार्यक्रमलाई अनुमति नदिने बारेमा राज्य सरकारले तयारी थालेको छ।

आज भारतभर १५ हजार ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा संक्रमणका कारण ७७ जनाको मृत्यु भएको छ।

भारतमा हालसम्म १ करोड १२ लाख ४४ हजार ७८६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने १ लाख ५७ हजार ९३० जनाको मृत्यु भइसकेको छ। भारतमा करिब दुई करोड मानिसले कोरोनाविरुद्ध खोप लगाइसकेका छन्। खोप कार्यक्रम संचालन भइरहेसँगै संक्रमणको अवस्थापनि बढ्दै गएकोले सतर्कता अपनाउन आग्रह गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell