PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

चन्द्रमामा अन्तरिक्ष स्टेशन बनाउने चीन र रसियाको घोषणा



चन्द्रमामा अन्तरिक्ष स्टेशन बनाउने चीन र रसियाको घोषणा
Photo : PA Media / BBC

चीन र रसियाले चन्द्रमा अन्तरिक्ष स्टेशन बनाउने योजना घोषणा गरेका छन्।

रसियाको अन्तरिक्ष एजेन्सी रोसकोसमोसले चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनसँग चन्द्रमाको अनुसन्धानका लागि स्टेशन बनाउने सम्झौतापत्रमा हस्ताक्षर गरिसकेको जनाएको छ।

दुवै देशको अन्तरिक्ष एजेन्सीहरुले विज्ञप्ती जारी गर्दै चन्द्रमा निर्माण हुने अन्तरिक्ष स्टेशन अरु देशहरुले समेत प्रयोग गर्न पाउने जनाएको छ। चन्द्रमाको कक्षमा निर्माण हुने स्टेशनले चन्द्रमाको थप अध्ययन गर्नुका साथै त्यसको उपयोग गर्न सहयोग हुने बताएको छ।

रसिया र चीनले स्टेशन निर्माण गर्न संयुक्त रुपमा काम गर्नेछ। चीनको अन्तरिक्ष कार्यक्रम विज्ञ चेन लानले यस योजनालाई 'बिग डिल' भनेका छन्। उनले यो चीनको सबैभन्दा ठूलो संयुक्त अन्तरिक्ष योजना हुने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell