PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

महाशिवरात्रिमा मनिषाको स्वरमा 'महामृत्युञ्जय मन्त्र'



महाशिवरात्रिमा मनिषाको स्वरमा 'महामृत्युञ्जय मन्त्र'

काठमाडौं : अभिनेत्री मनिषा कोइरालाको आवाजमा 'महामृत्युञ्जय मन्त्र' सार्वजनिक हुने भएको छ।

भोलि महाशिवरात्रिको दिन 'महामृत्युञ्जय मन्त्र' रिलिज गर्ने जानकारी कोइरालाले ट्वीटरमार्फत दिएकी हुन्। वाद्यवादन समूह ‘सुरसुधा’ सँगको सहकार्यमा मनिषाले 'महामृत्युञ्जय मन्त्र' पाठ गरेकी हुन्। उक्त मन्त्र केही हप्ता अघि पाटन दरबार क्षेत्रमा छायांकन गरिएको थियो।

सुरसुधाका तबलाबादक सुरेन्द्र श्रेष्ठले महामृत्युञ्जय मन्त्रलाई संगीत दिएका छन्। भजनमा अभिनेत्री कोइरालासहित सुरसुधाकै गायिका सरस्वती खत्री तथा तबलाबादक श्रेष्ठको पनि स्वर रहेको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell