PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

माधव नेपाल समूहको केन्द्रीय कमिटीको निर्णय : अब ओलीले एमालेमा जुन व्यक्ति जहाँ थिए, त्यही पदस्थापन गर्नुपर्छ



माधव नेपाल समूहको केन्द्रीय कमिटीको निर्णय : अब ओलीले एमालेमा जुन व्यक्ति जहाँ थिए, त्यही पदस्थापन गर्नुपर्छ
फाइल फोटो

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहको केन्द्रीय कमिटीको बैठक सकिएको छ। अर्याल होटल नयाँ बानेश्वरमा बसेको बैठकले एमालेलाई एकताबद्ध बनाउने जिम्मेवारी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको भएको निष्कर्ष निकालेको छ।

यसका लागि केन्द्रीय कमिटी बैठक आवश्यक रहेको नेता रघुजी पन्तले बताए। 'नेकपा एकताबद्ध बनाउने कि नबनाउने भन्ने केपी ओलीको हातमा छ। त्यसका लागि कमिटीको बैठक आवश्यक पर्ला,' बैठकपछि एमाले नेता पन्तले भने।

यसका लागि हिजोको परिस्थितिलाई बिर्सेर जुन व्यक्ति जहाँ थिए त्यही पदस्थापन हुनुपर्ने आफ्नो समूहको माग रहेको उनले बताए। 'हिजोको परिस्थितिलाई बिर्सेर नेकपा एमालेलाई एकता बद्द बनाउने बिषयमा छलफल गर्नु पर्छ। एमाले जुन ब्यक्ति जहाँ थिए त्यही पदस्थापन गर्नुपर्छ। यसका लागि केन्द्रिय कमिटी आवश्यक छ,' पन्तले भने।

पार्टीभित्र ओली समूहसँग अब कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाइएको थियो। बुधवारको संसद बैठकबाट निस्किँदै गर्दा नेपालले ओली सरकारलाई जोगाउने नजोगाउनेबारे आफूसँग कसैले छलफल नै नगरेको प्रतिक्रिया दिएका थिए।

'खोइ मसँग त सरकार जोगाउने नजोगाउनेबारे कसैले कुरै गरेको छैन,' नेपालले भनेका थिए। प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मोर्चाबन्दी गरेका नेता नेपाल एमालेमै रहेर ओली प्रवृति बिरुद्ध लड्ने निष्कर्षका साथ प्रचण्डसँग छुट्टिएका थिए। एमाले माओवादीलाई अलग गर्ने सर्वोच्चको फैसलाप्रति आफ्नो सहमति नभएको भए पनि कार्यन्वयन गर्न बाध्य भएको नेपालले बताउँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell