PahiloPost

Jul 3, 2024 | २० असार २०८१

'मिस युनिभर्स नेपाल २०२०'अंशिका शर्माले गरिन् फाउन्डेसनको स्थापना



'मिस युनिभर्स नेपाल २०२०'अंशिका शर्माले गरिन् फाउन्डेसनको स्थापना

'मिस युनिभर्स नेपाल २०२०' अंशिका शर्माले 'अंशिका शिक्षा कल्याण फाउण्डेशन' को स्थापना गरेकी छिन्।

गृहनगर झापाका ४ विभिन्न विद्यालयबाट छनौट भएका १४ बालबालिकाहरु उनको यो पहिलो चरणको योजनाबाट लाभान्वित हुनेछन्। 'सबैका लागि गुणस्तरीय शिक्षा' अभियानको उद्देश्य अल्पसंख्यक, अनाथ र अशक्तता भएका विपन्न बालबालिकाहरुको उत्थान गर्ने रहेको छ।

मिस युनिभर्स नेपाल २०२० को विजेता अंशिकाले १० लाख नेपाली रुपैयाँ जितेकी थिइन्। उक्त रकमबाट नै शर्माले फाउन्डेसन खडा गरेकी हुन्।

समाजका विपन्न बालबालिका र युवाहरुका लागि यस्ता अवसरहरु प्रदान गरि समाजमा योगदान पुर्‍याउने विचार रहेको अंशिकाले बताइन।

यसअघि पनि अंशिकाले साथीहरु मिलेर जुम्लामा रहेका १० जना विधार्थीलाई छात्रवृति प्रदान गरेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell