PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

नेपाली सेनालाई विवादमा घिसार्ने काम अनुचित : प्रधानमन्त्री ओली



नेपाली सेनालाई विवादमा घिसार्ने काम अनुचित : प्रधानमन्त्री ओली
PHOTO : PM PRESS

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई विवादमा घिसार्ने काम अनुचित भएको बताएका छन्।

राष्ट्रिय सुरक्षा परिषदको २० औं वार्षिक उत्सवका अवसरमा बुधबार आयोजित कार्यक्रममा उनले भने,‘आफ्ना संकिर्ण स्वार्थका लागि नेपाली सेनालाई अनावश्यक ढंगले विवादमा तान्न खोज्ने, अपमान वा प्रोभोक गर्न खोज्ने लगायत विभिन्नखालमा प्रवृत्तिहरु देखिन्छ।’

प्रधानमन्त्री ओलीले नेपाली जनताको चेतनालाई समय समयमा अलमल्याउन खोज्ने, भ्रममा हाल्न खोज्ने प्रयास समेत हुने गरेको बताउँदै त्यस्ता प्रयासहरुसँग सतर्क हुनुपर्ने बताए।

नेपाल सही सिद्धान्त, नीति र व्यवहारमा रहेको भन्दै ओलीले भने ‘हामी हाम्रो प्रतिरक्षा र सुरक्षा, सबै कुरालाई शक्तिको आडमा होइन न्यायको आडमा, सत्यको आडमा स्थापित गर्न चाहन्छौं र गछौं।’

नेपाली सेनाले आपतकालिन उद्धार र प्रकोप व्यवस्थापनमार्फत जनसेवा, विकास निर्माण र सुरक्षाजन्य गरी तीनै वटै प्रकृतिका कामहरुलाई समूचित र व्यवस्थिति ढंगले अगाडी बढाउन अध्ययन अनुसन्धान र नीति निर्माणको काम गरिनुपर्ने धारणा प्रधानमन्त्रीको थियो।

राष्ट्रिय सुरक्षा परिषद स्थापना भएको समय मुलुकमा हिंसाको ग्राफ बढदो क्रममा रहेको स्मरण गराउँदै प्रधानमन्त्रीले अहिले आइपुग्दा मुलुकमा पूर्ण शान्ति कायम भएको समेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell