PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

केदार सङ्केतको कृति ‘अफगानी रणमैदान’ : युद्ध साहित्यको महत्वपूर्ण दस्तावेज



केदार सङ्केतको कृति ‘अफगानी रणमैदान’ : युद्ध साहित्यको महत्वपूर्ण दस्तावेज

काठमाडौं : साहित्यकार केदार सङ्केतको कृति ‘अफगानी रणमैदान’ को लोकार्पण गरिएको छ।

राजधानीमा आयोजित एक कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार रोचक घिमिरे, समीक्षकहरू प्राध्यापक डाक्टर गोविन्दराज भट्टराई, प्राध्यापक डाक्टर कुमार कोइराला, डाक्टर नेत्र एटम, वरिष्ठ पत्रकार श्रीओम श्रेष्ठ ‘रोदन’, साहित्यकार इल्या भट्टराई र कवि उत्तम काँतिचले संयुक्त रुपमा कृतिको विमोचन गरेका हुन्।

कार्यक्रममा वक्ताहरूले सर्जक सङ्केतको यो कृति युद्ध साहित्यमा रुची राख्नेका लागि एक महत्वपूर्ण दस्तावेज भएको बताए। युद्ध साहित्यमा अहिले सम्म महत्वपूर्ण कृति प्रकाशित नभएको भन्दै वक्ताहरुले नेपाली साहित्यमा यस कृतिको खास महत्व प्रमाणित भएको धारणा राखे।

युद्धको बर्बर अवस्था बाहेक माया, प्रेम, यौवनका सहित व्यङ्ग्यका पक्षहरूहरुलाई बेजोडसँग समेट्न कृति सफल भएको वक्ताहरूको भनाइ थियो।

सांग्रिला बुक्सले यो पुस्तक प्रकाशित गरेको हो। सङ्केतले यसअघि आफैं जलिरहेको देश (कविता सङ्ग्रह), एथेन्सको झरी (नियात्रा), सङ्केतका कविताहरू लगायतका कृति प्रकाशित गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell