PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कोभिड राहत प्याकेजमा बाइडेनले गरे हस्ताक्षर



कोभिड राहत प्याकेजमा बाइडेनले गरे हस्ताक्षर
फोटो : Getty Images

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड राहत समेटिएको कोभिड रिलिफ बिलमा हस्ताक्षर गरेका छन्। बाइडेनले बिहीवार यस बिलमा हस्ताक्षर गरेका हुन्।

सिनेटमा पुगेर संशोधनसहित पारित भएको राष्ट्रपति बाइडेन समर्थित कोभिड राहत प्याकेज अमेरिकी कँग्रेसबाट बुधवार पारित भएको थियो। १.९ मिलियन डरलको कोभिड रिलिफ बिल अर्थात कोभिड राहत प्याकेजका लागि मतदान भएको थियो।

उक्त बिलको पक्षमा २२० जनाले मतदान गरेको थियो भने २११ जनाले विपक्षमा। एकजना डेमोक्रेट्स् सांसदले भने बिलको विपक्षमा मतदान गरे। एक जना रिपब्लिकन सांसदले बिलको कुनै पनि पक्षमा मतदान गरेनन्। तल्लो सदन कँग्रेसबाट पारित भएर शनिवार सिनेटले यसलाई संशोधनसहित पारित गरेको

सिनेटबाट संशोधनसहित पारित भएकोले यसलाई पुन कँग्रेसबाट पारित गर्नुपर्ने अवस्था आएको हो। योसँगै चुनावअघि बाइडेन प्रशासनले वाचा गरेअनुसारको पहिलो जित भएको बताइएको छ।

के के छन् बिलमा?

यो प्याकेजमा १४ सय डलरको राहत चेकलाई महत्वपूर्ण मानिएको छ। धेरै अमेरिकीलाई यो राहत चेक प्रदान गरिने भनिएको छ। त्यसैगरी तीन सय डलरको बेरोजगार भत्ता यसमा समेटिएको छ। यस बिलमा राज्यहरुदेखि स्थानीय सरकार र विद्यालयका लागि समेत राहतको व्यवस्था मिलाइएको छ। यसैगरी कोभिड-१९ महामारीको जाँच, परीक्षण, अनुसन्धानका साथै भ्याक्सिन वितरणका लागि समेत बजेटको व्यवस्था गरिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell