PahiloPost

Jul 3, 2024 | २० असार २०८१

सूचीमाथि सैन्य सरकारले लगायो भ्रष्टाचारको आरोप, पूर्व मुख्यमन्त्रीबाट ६ करोड रुपैयाँ र ११ किलो सुन लिएको दाबी



सूचीमाथि सैन्य सरकारले लगायो भ्रष्टाचारको आरोप, पूर्व मुख्यमन्त्रीबाट ६ करोड रुपैयाँ र ११ किलो सुन लिएको दाबी
Photo : Reuters

म्यानमारमा 'सैन्य कू' पछि पक्राउ परेकी स्टेट काउन्सिलर आङ सान सूचीमाथि सेनाले थप अभियोग लगाएको छ। गैरकानूनीरुपमा वकीटकी राखेको र कोरोना प्रोटोकल पालना नगरेको आरोप लगाइएकी सूचीमाथि अहिले थप दुई अभियोग लगाइएको बीबीसीले उल्लेख गरेको छ।

अहिले सूचीमाथि गैरकानूनीरुपमा ६ लाख अमेरिकी डलर (करिब ६ करोड ९७ लाख) रुपैया लिएको र ११ किलो सुन राखेको आरोप लगाइएको छ। यागौंका पूर्व मुख्यमन्त्री फो मि थिनले दिएको घुस सूचीले स्वीकार गरेको सेनाले आरोप लगाएको हो। थिनले सूचीलाई आफूले पैसा दिएको बताएको र यसमा भ्रष्टाचार नियन्त्रण विभागले अनुसन्धान गरिएको छ। सूचीमाथि लगाइएको आरोपको प्रमाणहरु भने जुन्ता सरकारले सार्वजनिक गरेको छैन। सूचीको पार्टी नेशनल लिग अफ डेमोक्रेसीका नेताहरुले भने सेनाले लगाएको आरोपहरु झुटो भएको प्रतिक्रिया दिएका छन्।

माघ १९ गते म्यानमार सेनाले संसदीय निर्वाचनको परिणामलाई अस्वीकार गर्दै सत्ता नियन्त्रणमा लिएको थियो। 'कू' पछि म्यानमारमा दैनिक विरोध प्रदर्शन भइरहेका छन्। हालसम्म प्रहरीसँगको मुठभेडमा ७० भन्दा बढीको मृत्यु भइसकेको छ भने सयौंलाई पक्राउ गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell