PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

देउवाले पदाधिकारी बैठक डाकेपछि शशांक निवासमा पौडेल पक्षको 'वार्मअप' मिटिङ



देउवाले पदाधिकारी बैठक डाकेपछि शशांक निवासमा पौडेल पक्षको 'वार्मअप' मिटिङ
फाइल फोटो

काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज दिउँसोका लागि पदाधिकारी बैठक डाकेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको 'वार्मअप' बैठक बसेको छ।

बिहान १० बजे काँग्रेस महामन्त्री शशांक कोइराला निवासमा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा मीनेन्द्र रिजाल, गगन थापालगायत सहभागी थिए।

बैठकमा पदाधिकारी बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए। बैठक झन्डै डेढ घण्टा चलेको थियो। काँग्रेस पछिल्लो समयमा सत्तामा कसरी सहभागी हुने भन्ने विषयमा छलफलमा जुटेको छ।

पार्टी सभापति देउवाको निवास बुढानीलकण्ठमा आज नेपाली कांग्रेसका पदाधिकारीको बैठक बस्दैछ। बैठकमा पछिल्लो राजनीतिक विकासक्रम र १४औं महाधिवेशनको विषयमा बैठक केन्द्रित हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

कांग्रेसले आजै जनता समाजवादी पार्टी नेपालसँग पनि समसामयिक राजनीतिक विषयमा छलफल गर्दैछ। सभापति देउवा निवासमा अपराह्न ४ बजे कांग्रेस र जसपा नेपालका शीर्ष नेताबिच समसामयिक विषयमा छलफल हुने प्रवक्ता शर्माले जानकारी दिए। ३ बजे पदाधिकारी बैठक सकिएपछि जसपासँग कांग्रेसको छलफल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell