PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

मिस तामाङ-२०२१ को ताज काभ्रेकी सफलतालाई, योजना सफल अधिवक्ता बन्ने

मिस तामाङ-२०२१ को ताज काभ्रेकी सफलतालाई, योजना सफल अधिवक्ता बन्ने


काठमाडौं : मिस तामाङ २०२१ को ताज काभ्रेकी सफलता थिङ तामाङले पहिरेकी छन्। राजधानीको होटल र्‍याडिसनमा शुक्रवार साँझ भएको ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछि पार्दै प्रतियोगी नम्बर १ सफलताले उपाधि हात पारेकी हुन्।

सफलताले उपाधिसँगै मिस इन्टेलेक्चुअल, मिस मल्टिमिडिया र मोस्ट पपुलर ग्लोबल अनलाइन पे टाइटल पनि आफ्नो पोल्टामा पारिन्। काठमाडौं मोडल कलेजमा स्नातक तहमा कानुन विषयमा अध्ययनको तयारीमा रहेकी उनलाई १२ संस्कारणकी विजेता सरिता तामाङले ताज पहिरिदिइन्। उनले कार्यक्रमको शुरुमै आफू सफल अधिवक्ता बन्ने योजना सुनाएकी थिइन्।

ताज र विभिन्न टाइटलसहित सफलताले एक लाख रुपैयाँ नगद, गिफ्ट ह्याम्परका साथमा थाइल्यान्ड टुरको टिकट हात पारेकी छिन्।

कसलाई कुन टाइटल?

प्रतियोगतामा प्रतियोगी नम्बर ३ सिराहकी पेमा पाख्निन फस्ट रनर अप भइन्। एअर होस्टेस बन्ने सपना बोकेकी उनले भ्युअर च्वाइस टाइटल पनि पाइन्। नुवाकोटकी सोनिया वाइबा सेकेन्ड रनर अप भइन्। पेमाले नगद ५० हजार र सोनियाले ३० हजार नगद पुरस्कार पाएका छन्।

प्रतियोगी सिसम दोङ लामा मिस पर्सनालिटी भइन्। फोटोजेनिकमा सुनिता तितुङ तामाङ, मिस फ्रेण्डली सुस्मा घिसिङ तामाङ र मिस कन्फिडेन्स सुजाता तितुङ तामाङको हातमा पर्‍यो।

एम डी ग्रुपको प्रस्तुतिमा भएको १३औँ संस्करणको प्रतियोगिता मम्स् इन्टरनेशनल नेपालको आयोजनामा भएको हो। कार्यक्रम तामाङ संस्कार र संस्कृति जगेर्ना गर्न आयोजना गरेको आयोजक संस्थाकी प्रमुख रञ्जिता ब्लोन लामाले जनाइन्।

संगीतकार प्रदीप बमजन, डा छिरिङ योञ्जन, नवाङ मोक्तान र पूर्व मिस नेपाल इन्टरनेसनल वर्षा लेखी निर्णायक मण्डलमा रहेका थिए। कार्यक्रममा नायक अमिर दोङ, गायक रोज मोक्तानले सांगीतिक प्रस्तुति दिएका थिए। खेलकुद मन्त्री दावा तामाङको प्रमुख अतिथ्यतामा कार्यक्रम शुरु भएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell