PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

दायाँबायाँ नसोची देउवा नै अघि बढेर भए पनि केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्‍यो : रामचन्द्र पौडेल



दायाँबायाँ नसोची देउवा नै अघि बढेर भए पनि केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्‍यो : रामचन्द्र पौडेल

काठमाडौं : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवा नै अघि बढेर भए पनि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनुपर्ने बेला आइसकेको बताएका छन्।

ओलीले देशलाई बर्बादीतर्फ लान खोजेकोले देउवा अघि बढ्नैपर्ने अवस्था आएको पौडेलको भनाई थियो। पौडेलले अब दायाँबायाँ नसोची ओलीलाई हटाउने काममा लाग्न देउवालाई सुझाव दिए। बाग्लुङ पुगेका बेला प्रेस युनियन बाग्लुङले शनिवार बिहान आयोजना गरेको प्रेस सम्मेलनलाई सम्बोधन गर्दै पौडेलले भने, 'राष्ट्रलाई बर्वादीतिर लैजाने मान्छेलाई हटाउनैपर्छ। हामीले हिजै सभापतिलाई भनिसक्यौ। तपाई आफै बनेर हुन्छ कि के गरेर हुन्छ केपी ओलीलाई हटाउनुपर्‍यो भनेका छौ।'

नेता पौडेलले जनता समाजवादी र माओवादी केन्द्रसँग मिलेर ओलीलाई हटाउनुपर्ने बताए। 'अब दायाँबाँया सोच्ने कुरा छैन काँग्रेस, जनता समाजवादी पार्टी र माओवादी केन्द्र मिलेर नै केपीलाई हटाउनुपर्छ।'

कसैले ओलीको सत्तालाई जोगाउन खोज्छ भने त्यसको राजनीतिक निष्ठामाथि आफ्नो प्रश्न रहने पौडेलको भनाई थियो। प्रतिनिधि सभा विघटनपछि पौडेलले काँग्रेस सत्तामा जान हतारिन नहुने भनाई राख्दै आएका थिए। त्यस विषयमा सञ्चारकर्मीले प्रश्न राखेपछि उनले भने,  'केही समयअघि सरकारमा जानुहुन्न भनेकै हो। प्रतिनिधि सभा पुनर्स्थापनामा जोड दिएकै हो। अहिले नयाँ फैसला आए पछि नयाँ परिस्थितिको सिर्जना भएको छ। मैले त भने मेरो सभापतिलाई तपाई नै बनेर भए पनि वा अर्कोलाई बनाएर भए पनि केपीलाई हटाउँ। मेरो सुझाव त्यही हो।'

काँग्रेसले सत्ताको आकंक्षा गरेको भन्दा पनि परिस्थितिले जिम्मेवारीबाट भाग्न नहुने अवस्था सिर्जना भइसकेको पौडेलको भनाई थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell