PahiloPost

Jul 8, 2024 | २५ असार २०८१

कोरोनाको 'नयाँ लहर' देखिएसँगै फेरि 'सटडाउन'को रणनीतिमा इटाली



कोरोनाको 'नयाँ लहर' देखिएसँगै फेरि 'सटडाउन'को रणनीतिमा इटाली
Photo : EPA

इटालीमा कोरोना भाइरसको नयाँ लहर देखिएपछि सरकारले प्रतिबन्धहरु घोषणा गरेको छ। इटालियन प्रधानमन्त्री मारियो ड्राघीले भाइरसको 'नयाँ लहर' का कारण सोमबारबाट पसल, रेष्टुराँ र विद्यालयहरु बन्द गर्ने बताएका छन्।

अप्रिल ३ देखि ५ सम्म भने सबै क्षेत्र सटडाउन हेनछन्।

कोरोना संक्रमणका कारण विश्वमै पहिलोपटक देशव्यापी लकडाउन घोषणा गरेको इटाली फेरि भाइरससँग जुधिरहेको छ।

नयाँ लहरका कारण नयाँ प्रतिबन्धहरु घोषणा भएसँगै सोमबारबाट इटालीको आधाभन्दा बढी क्षेत्रमा पसल, रेष्टुराँ  विद्यालय बन्द रहनेछन्। संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अत्यावश्यक काममा बाहेक अन्य कामका लागि बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ।

केही सातायता इटालीमा दैनिक हजारौं व्यक्तिमा कोरोना संक्रमण देखिएको छ। जसकारण अस्पतालहरुले संक्रमितको चाप थेग्न सकिरहेका छैनन्।

युरोपियन देशहरुमध्ये सबैभन्दा बढी मृत्युदर भएको इटालीमा कोरोनाविरुद्धको खोप अभियान ढिला भइरकेको छ। इटालीले खोपको मागलाई मध्यनजर गर्दै अस्ट्रेलियामा पठाउन राखिएको एस्ट्रेजेनेका खोप निर्यातमा प्रतिबन्ध समेत लगाएको थियो। एस्ट्रेजेनेका खोपले रगत जमाउने त्रास भएपछि केही राष्ट्रले उक्त खोपको प्रयोग हाललाई रोकेको छ। विश्व स्वास्थ्य संगठनले भने खोपले रगत जमाउने कुनै आधार फेला नपरेको भन्दै खोप प्रयवग गर्न आह्वान गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell