
जनकपुरधाम : सिरहास्थित मालपोत कार्यालयमा बम विस्फोट भएको छ।
जिल्लाको लहान नगरपालिकास्थित मालपोत कार्यालयमा आइतवार दिउँसो करिब १ बजेको समयमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले जानकारी दिए।
बम विस्फोटमा परि ६ जना घाइते भएको प्रहरी उपरीक्षक राजभण्डारीले बताए। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ भने एकजनाको चोट गहिरो छ। त्यस्तै, चारजना सामान्य घाइते भएको उनले जानकारी दिए। घटनाको विस्तृत विवरण आउन बाँकी छ।