भारतकी मिताली राज एकदिवसीय क्रिकेटमा सात हजार रन बनाउने पहिलो महिला क्रिकेटर बनेकी छिन्।
लखनउमा भइरहेको दक्षिण अफ्रिकासँगको प्रतियोगिताको चौथो 'वान डे म्याच'मा भारतीय महिला क्रिकेट टोलीकी कप्तान समेत रहेकी ३८ वर्षीया मितालीले कीर्तिमान बनाएकी हुन्।
करियरको २३१ औं एकदिवसीय खेलमा उनले सात हजार रनको लक्ष्य पूरा गरेकी हुन्। आजको खेलमा ४ चौका प्रहार गर्दै ७१ रनमा उनले ४५ रनज बनाउन सफल भइन्।
यसअघिको खेलमा उनले अन्तर्राष्ट्रिय क्रिकेटमा १० हजार रन पूरा गर्ने दोस्रो महिला क्रिकेटर बनेकी थिइन्। उनी अघि इंग्ल्यान्डकी शारलाट एडवडर्सले १० हजार रन पूरा गरेकी थिइन्।