PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

सडक निर्माण गर्दा प्राविधिक त्रुटि नगर्न प्रधानमन्त्री ओलीको निर्देशन



सडक निर्माण गर्दा प्राविधिक त्रुटि नगर्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सडक निर्माणमा प्राविधिक त्रुटि नर्गन निर्देशन दिएका छन्। आइतबार प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम शुभारम्भ समारोहलाई सम्बोधन गर्दै ओलीले सडक निर्माणमा भएका प्राविधिक त्रुटिका कारण दुर्घटना निम्तिने भएकाले सडक निर्माणमा प्राविधिक त्रुटि नर्गन निर्देशन दिएका हुन्।

जनताको जीवन रक्षा महत्वपूर्ण भएको सवारी साधन र यात्रुहरुको सुरक्षाको प्रत्याभुति हुनेगरी सडक निर्माण गर्न पनि उनले भने। दुर्गम ठाउँहरुमा पनि सुरक्षित पक्की सडक बन्नुपर्ने र अब निर्माण हुने सडकहरु कच्चा र असुरक्षित हुनु नहुने तर्फ पनि उनले सरोकारवाला पक्षको ध्यानाकर्षण गराए।

‘दुर्गम क्षेत्रहरुलाई पनि पक्की बाटाहरु, पक्की भन्नाले कालोपत्रे मात्र होइन। त्यसको किनारमा पक्की हुनुपर्छ। त्यसको भित्तातिर पक्की हुनुपर्छ। पहिरोबाट सुरक्षित हुनुपर्छ। किनारबाट गाडी नखसोस्। त्यस प्रकारको डिफेन्स वालहरुसहित, पिल्लरहरु सहित राखिएका सडकहरु। अब बन्ने सडकहरु कच्चा अथवा असुरक्षित सडकहरु हुनुहुँदैन। सडक राम्रा, फराकिला, पक्की सडक र सुरक्षित सडक हुनुपर्छ। यो चाहे स्थानीय तहले, प्रदेशले अथवा संघीय सरकारले जहाँसुकैबाट निर्माण भएपनि यी पक्षहरुमा ध्यान दिनुपर्छ' उनले भने।

दुर्घटनाका धेरै प्राविधिक कारणहरु हुने भन्दै उनले सडक निर्माणमा प्राविधिक त्रुटि रह्यो भने बढी दुर्घटना हुने बताए।

'बाटो भत्किने, बिग्रिने, पहिरो जाने त्यस्तो भइनरहने खालको बाटो हुनुपर्‍यो। र अर्को कुरा बाटोको प्रयोगकर्ता, सवारी, सवारीसाधन, त्यसमा रहेका व्यक्तिहरु अथवा आवागमनकर्ता यात्रुहरुको सुरक्षाको प्रत्याभुति हुनुपर्‍यो। बाटा माथि हेर्दा कालोपत्रे छ तर राम्रो सुरक्षित छैन। बाटो आफै सुरक्षित छैन भने ती बाटाहरु दुर्घटनाका कारक हुन्छन्' ओलीले भने।

प्रधानमन्त्री ओलीले पक्की सडक भएको ठाउँमा पनि स्तरोन्नति तथा सुधारको काम गर्नुपर्ने बताए। सडक दुर्घटनालाई रोक्न ट्राफिक अनुशासनको कार्यान्वयन तथा अनुगमन गर्नुपर्ने उनले बताए।

आइतबार प्रधानमन्त्री ओलीले २८३ स्थानीय तहका केन्द्रलाई राष्ट्रिय सडक सञ्जाल वा प्रदेश राजधानीसँग जोडिने गरी प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमको शुभारम्भ गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell