PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

यस वर्षको देवकुमारी थापा स्मृति सम्मान कवि मञ्जुललाई, बबरसिंह सम्मान शरण राईलाई



यस वर्षको देवकुमारी थापा स्मृति सम्मान कवि मञ्जुललाई, बबरसिंह सम्मान शरण राईलाई
फोटो : facebook.com/manjul.nepal

विराटनगर : यस वर्षको देवकुमारी थापा स्मृति सम्मान कवि, संगीतकार एवं गायक मञ्जुललाई प्रदान गरिने भएको छ। त्यसैगरी बबरसिंह थापा सेवा सम्मान साहित्यकार शरण राईलाई प्रदान गरिने भएको छ।

बबरसिंह देवकुमारी थापा सेवा गुठीको आइतवार विराटनगरमा बसेको बैठकले यो निर्णय गरेको हो। गुठीका अध्यक्ष कविराज न्यौपानेको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको र उक्त पुरस्कार वैशाख ४ गते विराटनगरमा एक विषेश कार्यक्रम आयोजना गरी वितरण गरिने गुठीले जनायो।

देवकुमारी थापा स्मृति सम्मान ५१ हजार रुपैयाँ राशिको सम्मान हो भने बबरसिंह थापा स्मृति सम्मान २५ हजार रुपैयाँ राशिको हो। २०७६ सालका पुरस्कार पनि सोही समारोहमा वितरण गरिने गुठीले जनाएको छ।

२०७६ सालको देवकुमारी थापा स्मृति सम्मान कवि एवं लोकसंस्कृतिविद् तुलसी दिवस तथा बबरसिंह थापा सेवा सम्मान कलाकार विक्रमश्रीलाई दिने निर्णय भएको थियो। कोभिड-१९ का कारण सम्मान वितरण रोकिएको थियो।

नयाँ कार्यसमिति चयन

बैठकले संस्थाको नाम परिवर्तन गरी 'बबरसिंह देवकुमारी थापा सेवा गुठी' राख्ने निर्णय पनि गरेको छ। बैठकले गुठीको नयाँ कार्यसमिति पनि चयन गरेको छ। पुनर्गठित कार्यसमितिको अध्यक्षतामा कविराज न्यौपाने, उपाध्यक्षद्वयमा मालती राई र पूजा थापा, सचिवमा दिनेश श्रेष्ठ सहसचिवममा विवश पोखरेल र कोषाध्यक्षमा हरिमोहन श्रेष्ठ रहेका छन्। कार्यसमितिका सदस्यहरुमा प्रमोद प्रधान, दिनेशराज सुवेदी, शोभा लामा, त्रिपुरा कोइराला र शोभन नेपाल रहेका छन् भने सल्लाहकारमा दधिराज सुवेदी र स्नेह पोखरेल रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell