PahiloPost

Sep 20, 2026 | ४ असोज २०८३

अमिताभले दोस्रोपटक गराए आँखाको शल्यक्रिया



अमिताभले दोस्रोपटक गराए आँखाको शल्यक्रिया
फोटो : अमिताभ बच्चन / ट्वीटर

बलिउड अभिनेता अमिताभ बच्चनले फेरि आँखाको शल्यक्रिया गराएका छन्। मोतियाविन्दु हटाउन दोस्रोपटक उनले आँखाको शल्यक्रिया गराएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।

ट्वीट गर्दै अमिताभले शल्यक्रियापछि स्वास्थ्यमा सुधार भइरहेको बताएका छन्।

 

बलिउडका 'बिग बि' अमिताभले मोतियाविन्दुको शल्यक्रिया गर्न ढिलाइ गरे आँखाको ज्योति गुम्न सक्ने खतरा हुने भन्दै समयमा नै आँखाको परीक्षण गराउन सबैलाई आग्रह पनि गरेका छन्।

यसअघि पनि फ्रेबुअरीमा अमिताभले आँखाको शल्यक्रिया गराएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell