PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

ओली र वामदेवको कार्यक्रम एकै समयमा : नेपाल पक्ष चियापानमा नजाने, ४ बजे शीतल निवासमा जुट्ने



ओली र वामदेवको कार्यक्रम एकै समयमा : नेपाल पक्ष चियापानमा नजाने, ४ बजे शीतल निवासमा जुट्ने

काठमाडौं : नेकपा एमालेभित्रको मतभेत र विवाद अन्त्यका लागि नेताहरु छलफलमा जुटेका छन्। आजै एमालेका तीन समूहका बेग्लाबेग्लै कार्यक्रमहरु आह्वान गरिएको छ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले ११ बजेका लागि बालुवाटारमा चियापान आह्वान गरेका छन्। उक्त कार्यक्रममा माधव नेपाल झलनाथ खनाल समूह नजाने जनाइएको छ। सोही समयमा वामदेव गौतम समूहले कलंकीमा कार्यक्रम आयोजना गरेको छ।

लगत्तै २ बजे नेपाल खनाल पक्षले पत्रकार सम्मेलन आयोजना गर्ने कार्यतालिका रहेको छ।

 सर्वोच्च अदालतको 'नेकपा' पार्टी विवादसम्बन्धी फैसलापछि अहिले नेकपा एमाले र माओवादी केन्द्र ब्यँतिसकेको अवस्था छ। एमाले ब्युँतिएपछि एकले अर्कालाई कारबाहीमा उत्रिएको एमाले एक ठाउँमा बसेर संघर्ष गर्ने तयारीमा देखिएको छ।

यसैअनुरुप सोमवार एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पार्टीको मुख्यालयमा आमनेसामने भए। दुई नेताबीच झन्डै तीन महिना लामो संवादहीनता तोडियो। यद्यपि सोमबारको भेट त्यति मिठो भने नभएको नेता नेपालले बैठकपछि बताएका थिए।

पछिल्लो राजनीतिक विवादबारे छलफल गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो ४ बजेका लागि सर्वदलीय बैठक डाकेकी छन्। उक्त बैठकमा एमालेका नेताहरु पनि सहभागी हुने कार्यक्रम रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell