PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

माधव समूहको कार्यकर्ता भेला उद्घाटन गर्न ओलीलाई निम्तो, बालुवाटारबाट प्रधानमन्त्रीले गुट भेला नगर्न दिएका थिए चेतावनी



माधव समूहको कार्यकर्ता भेला उद्घाटन गर्न ओलीलाई निम्तो, बालुवाटारबाट प्रधानमन्त्रीले गुट भेला नगर्न दिएका थिए चेतावनी

काठमाडौं : नेकपा (एमाले)को माधव नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेको छ। भेलाको अध्यक्ष केपी शर्मा ओली समूहले चर्को विरोध गरेको छ। प्रधानमन्त्री ओलीले आज विहान चियापान कार्यक्रमबाट भेला रोक्न आग्रह गर्दै अनुशासनको कारवाही गर्ने चेतावनी दिए। भेलामा सहभागी नहुन कार्यकर्तालाई सचेत गराए।

लगत्तै दिउँसो २ बजे हेरिटेज गार्डेन सानेपामा पत्रकार सम्मेलन गरेर माधव समूहले अध्यक्ष ओलीलाई नै भेलाको उद्घाटनको निम्तो दियो। माधव समूहका प्रचार विभाग प्रमुख योगेश भट्टराईले पत्रकार सम्मेलनमा ओलीले आफूहरुको भेला र कार्यकर्तामाथि नजर राखेको भन्दै ओलीलाई नै भेलाको उद्घाटन गर्न आउन निम्तो दिए।

भट्टराईले आवेग र उत्तेजनाले दुर्घटना हुन सक्ने भन्दै संयम हुन आग्रह गरे। बुद्धको देशमा शान्तिको भाषा हुनुपर्नेमा बालुवाटारको भाषा शक्ति केन्द्रीत भएको बताए। उनले प्रधानमन्त्री ओलीलाई शक्तिको भाषा बदल्न समेत आग्रह गरे।

'२ वर्ष बालुवाटरमा बस्नुस। धम्कीको भाषा नबोल्नुस। तपाईको हातबाट पार्टीलाई क्षतविक्षत हुनेछैन,' भट्टराईले भने, 'प्रधानमन्त्री ओली कारवाही गर्दै हिँडेका छन्। त्यसले देशलाई अगाडि बढ्दैन। कारवाही खानका लागि एक पछि अर्को लामबद्ध भएर उभिनेछौं।'

भट्टराईले ओलीलाई इतिहासले कारवाही गर्ने समेत बताए। भने, 'इतिहासका प्रश्नको उत्तर दिन नसक्ने बेला तपाइलाई इतिहासले कारवाही गर्नेछ। त्यो बेला तपाईका लागि दुइ थोपा आँसु चुहाउने मान्छे पनि हुने छैन।'

उनले भेलाको कार्यकर्ता भेलाको तयारी पूरा भइसकेको भन्दै ओलीले नै गुटका गतिविधि गर्ने र पार्टी विभाजन गर्ने प्रयास गरिरहेको आरोप लगाए। माधव समूहले भोलिको कार्यकर्ता भेलामा दुई हजारभन्दा बढी कार्यकर्ता सहभागी हुने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell