PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

मन्त्री र सांसदद्वारा काष्ठमण्डप, कुमारी घर र दरबार क्षेत्रको अवलोकन



मन्त्री र सांसदद्वारा काष्ठमण्डप, कुमारी घर र दरबार क्षेत्रको अवलोकन

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठ र भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङफेले आज वसन्तुर दरबार क्षेत्रमा रहेका सम्पदास्थलहरुको अवलोकन भ्रमण गरेका छन्।

मन्त्रीद्य सहित प्रतिनिधिसभा सांदस विन्दा पाण्डे, विद्या भट्टराई लगायतले काष्ठमण्डप पुनर्निर्माणको समेत निरीक्षण गरे। त्यसक्रममा शिक्षा मन्त्री श्रेष्ठले २०७८ साल बैशाख १२ गते १२ बजे नै काष्ठमण्डप उद्घाटन गर्ने तयारी सरकारको रहेको बताए। मन्त्री तुम्बाहाङफेले काष्ठमण्डप पुनर्निर्माणको काम निकै राम्ररी भइरहेको भन्दै समयमा नै पुनर्निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरे।

कुमारी घरका मुख्य चिताइदार गौतम शाक्यले उनीहरुलाई कुमारी घरको भ्रमण गराएका थिए। त्यसक्रममा मन्त्रीद्यसहितको टोलीले जीवित देवी कुमारीको दर्शन समेत गरेका थिए।

हुनुमानढोका दरबारभित्र रहेका विभिन्न चोक र सम्पदाहरुको समेत उनीहरुले अवलोकन गरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell