PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

उत्तर कोरियासँग संवाद गर्न प्रयासरत् अमेरिकी मन्त्रीहरु पुगे दक्षिण कोरिया



उत्तर कोरियासँग संवाद गर्न प्रयासरत् अमेरिकी मन्त्रीहरु पुगे दक्षिण कोरिया
Photo : Politico

अमेरिकी रक्षा मन्त्री लोयड अस्टिन र विदेश मन्त्री एन्टोनी ब्लिन्केन दक्षिण कोरियाको भ्रमणका क्रममा सियोल पुगेका छन्।

चीन मामिला र उत्तर कोरिया मुख्य मुद्दा बनाएका मन्त्रीद्वयले अमेरिकासँगको दक्षिण कोरियाको सम्बन्धलाई थप सुदृढ बनाउन प्रयास गर्ने बताइएको छ। उनीहरुले दक्षिण कोरियाका उच्च अधिकारीहरुसँग छलफल गर्नेछन्। यसअघि उनीहरु जापान पुगेका थिए।

सम्बन्धित समाचार : बाइडेन प्रशासनलाई किमकी बहिनीको चेतावनी : ४ वर्ष राम्ररी काम गर्ने भए दुर्गन्ध फैलाउन बन्द गर

उनीहरुले दक्षिण कोरियाली अधिकारीहरुसँग वार्ताको क्रममा उत्तर कोरियाली नीति पनि समीक्षा गर्ने बताइएको छ। उनीहरुको भ्रमणको एकदिन अघि उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले अमेरिकालाई 'दुर्गन्ध नफैलाउन' चेतावनी दिएकी थिइन्।  

जो बाइडेन राष्ट्रपतिमा निर्वाचित भएसँगै अमेरिकाले उत्तर कोरियासँग कयौं पटक वार्ताको लागि प्रयास गरिरहेको छ। तर उत्तर कोरियाबाट अमेरिकी अधिकारीहरुले कुनै जवाफ पाएका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell