PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

पुराना नेताहरुलाई साक्षी राखेर माधव नेपालले भने : अहिले वितण्डाको जिम्मेवार ओली नै, एक भारी प्रमाण छ



पुराना नेताहरुलाई साक्षी राखेर माधव नेपालले भने : अहिले वितण्डाको जिम्मेवार ओली नै, एक भारी प्रमाण छ

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले घरमा गम्भीरस्थित सिर्जना भएको बताएका छन्।

कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री एवंम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्दा नै पार्टीमा विग्रह सुरु गरेको आरोप लगाए।  

पुराना कम्युनिष्ट नेता सिद्धिलाल श्रेष्ठ लगायतका नेतालाई साक्षी राखेर माधव नेपालले पुराना नेताहरु राधाकृष्ण मैनाली, मुकुन्द न्यौपाने लगायतले ओलीका बारेको व्यवहार र कार्यशैलीबारे सुनाउन सक्ने बताए।

'अहिले वितण्डाको जिम्मेवार एमाले अध्यक्ष रहेका ओली हुन्। उहाँले गरेका वितण्डाहरुको बारेमा हामीसँग एक भारी प्रमाण छ ।'

भेलालाई सम्बोधन गर्दै आफूहरुले समातेको बाटो सहि दिशा तर्फ अघि बढेको बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले 'गुट भेला' नगर्न चेतावनी दिँदा दिँदै आयोजना गरिएको सभामा उनले आफूहरु ध्वंस गर्नका लागि होइन निर्माण गर्नका लागि अघि बढेको बताए।

मार्क्सवाद र कम्युनिष्ट आन्दोलनका प्रणेताहरुबाट प्रतिक्रियावादीविरुद्ध लड्न कार्यकर्ताहरुले प्रेरणा लिनुर्ने उनले बताए।

कम्युनिष्ट पार्टी विचार , दर्शन र सिद्धान्तका साथ अघि बढ्नुपर्ने भन्दै उनले विचार शून्य भएकाले कम्युनिष्ट पार्टी बनाउन नसक्ने समेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell