PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

'बुद्ध थिएटर फेस्टिभल' आयोजना हुने



'बुद्ध थिएटर फेस्टिभल' आयोजना हुने

काठमाडौं : गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्च मार्फत विश्वमाझ चिनाउने उद्देश्यले 'बुद्ध थिएटर फेस्टिभल' आयोजना हुने भएको छ।

चैत्र ८ गतेदेखि १४ गतेसम्म राष्ट्रिय नाचघरको नाट्यशालामा फेस्टिभल सञ्चालन हुनेछ। उक्त अवसरमा राष्ट्रिय तथा अन्तराष्ट्रिय गरि ७ वटा नाटक मञ्चन हुनुका साथै चर्या नृत्य समेत देखाइने छ।

२१ वर्षअघि नै आए यस प्रकारको फेस्टिभल आयोजना गर्ने सोच भएपनि सम्भव नभएकोले अहिले संचालन गर्न लागेको फेस्टिभलका निर्देशक पुस्कर गुरुङले जानकारी दिए।

'मञ्चन हुने सबै नाटकहरु बुद्धको जीवनशैली र दर्शनसँग केहि न केहि सम्बन्धित हुनेछन्। बुद्ध हामी सबै भित्र छ। तर बुद्धलाई कसरी चिन्ने भनेर यो फेस्टिबलले ब्युताउने काम गर्नेछ' उनले भने।

वाग्मती प्रदेश सरकारको सहयोग, सांस्कृतिक राष्ट्रिय नाचघर र डबली थियटरको आयोजनमा फेस्टिभल हुन लागेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell