कोरोना भाइरसको संक्रमणका कारण स्वास्थ्य सेवामा परेको प्रभावका कारण दक्षिण एसियालमा २ लाख ३९ हजार आमा र शिशुको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ।
राष्ट्रसंघको एक प्रतिवेदनमा नेपाल सहित अफगानिस्तान, भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकामा गरिएको अध्ययनमा आधारित रहेको छ। प्रतिवेदनमा यी ६ देशमा पोषण र रोग प्रतिरोधी क्षमताको अभावमा पाँच वर्ष मुनीका थप २ लाख २८ हजार बालबालिकाको मृत्यु भइसकेको उल्लेख गरिएको छ।
कोरोनाका कारण स्वास्थ्य क्षेत्रमा असर पर्दा त्यसको सबैभन्दा बढी प्रभाव महिला, बालबालिकालाई परेको बताइएको छ।