PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

कोरोना संक्रमणको हल्लाबिच तान्जानियाका राष्ट्रपतिको निधन



कोरोना संक्रमणको हल्लाबिच तान्जानियाका राष्ट्रपतिको निधन
फोटो : AFP

तान्जानियाका राष्ट्रपति जोन मागुफुलीको उपचारका क्रममा निधन भएको छ। मागुफुलीको ६१ वर्षको उमेरमा उपचारकै क्रममा निधन भएको त्यहाँकी उपराष्ट्रपति समिया सुलुहु हसनले पुष्टि गरेको बीबीसीले जनाएको छ।

मागुफुली विगत दुई हप्ता यता सार्वजनिक रुपमा कतै देखिएका थिएनन्। प्रतिपक्षी दलका नेताहरुले भने उनलाई कोरोना भएको बताएका छन्। उक्त विषय पुष्टि हुन सकेको छैन। मागुफुलीले जुनतिर नै तान्जानिया कोभिड-१९ फ्रि मुलुक भएको घोषणा गरेका थिए। यसो त उनले कोरोना तथ्यांक राख्न वेवास्ता गरेका थिए।

मागुफुलीको निधनमा तान्जानियामा १४ दिनसम्म शोक मनाइनेछ। नयाँ राष्ट्रपतिका रुपमा हसनले शपथ लिनेछिन्। यदि त्यसो भएमा हसन तान्जानियाको इतिहासमा पहिलो महिला राष्ट्रपति बन्नेछिन्। मागुफुली उनको ५६ औं जन्मदिनको अवसरमा पहिलोपटक सन् २०१५ मा राष्ट्रपति बनेका थिए। दोस्रो कार्यकालका लागि उनी अघिल्लो वर्ष चुनिएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell