PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

त्रिदेशीय फुटबल : काठमाडौं आइपुग्यो बंगलादेशको फुटबल टोली



त्रिदेशीय फुटबल : काठमाडौं आइपुग्यो बंगलादेशको फुटबल टोली

काठमाडौं: त्रिदेशीय फुटबल प्रतियोगितामा सहभागी हुन बंगलादेशको फुटबल टोली काठमाडौं आइपुगेको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा काठमाडौंको दशरथ रंगशालामा बंगलादेश, नेपाल र कीर्गिस्तानबीच चैत १० गते देखि त्रिदेशीय फुटबल प्रतियोगिता सुरु हुँदैछ।

प्रतियोतिगामा सहभागी हुन कीर्गिस्थानको यू २३ टोली भने चैत ८ गते आइपुग्ने एन्फाले जनाएको छ।

दशरथ रंगशालामा हुने प्रतियोगितामा सामान्य प्यारापिटतर्फ ७०० र भीआईपी तर्फ १५०० रुपैयाँ टिकट शुल्क तोकिएको छ। १५ हजार दर्शक क्षमता रहेको दशरथ रंगशालामा सामाजिक दुरी पनि कायम राख्नु पर्ने अवस्थालाई ध्यानमा राख्दै १२ हजार टिकेटमात्र बिक्री हुने जनाइएको छ।

मार्च २३ (चैत १०) गते हुने पहिलो खेलमा बंगलादेश र कीर्गिस्तान भिड्नेछन्। त्यस्तै मार्च २५ (चैत १२) गते हुने खेलमा नेपालले कीर्गिस्तान भिड्नेछन्। र, मार्च २७ (चैत १४) मा हुने खेलमा नेपाल र बंगलादेश भिड्नेछन्।  मार्च २९ (चैत १६) गते हुने फाइनल खेलमा शीर्ष दुई टोलीबिच उपाधीका लागि प्रतिस्पर्धा हुनेछ। सबै खेलहरु साँझ ५:३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell