PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

भारतमा ४० हजारभन्दा बढी संक्रमित थपिए, मास्क नलगाइ हिँड्नेहरुको सडकमै कोरोना परीक्षण



भारतमा ४० हजारभन्दा बढी संक्रमित थपिए, मास्क नलगाइ हिँड्नेहरुको सडकमै कोरोना परीक्षण
Photo : ANI

भारतमा थप ४० हजार ९५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यससँगै भारतमा कूल संक्रमितको संख्या १ करोड १५ लाख ५५ हजार २८४ पुगेको छ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार शनिवार बिहानसम्म थप १८८ जनाको संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म भारतमा १ लाख ५९ हजार ५५८ जनाको मृत्यु कोभिड १९ कारण भइसकेको छ।

पछिल्लो केही समयदेखि कोरोना संक्रमण बढ्दै गएको भारतमा अहिले २ लाख ८८ हजार ३९४ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।  पंजाब, महाराष्ट्रलगायतका राज्यमा कोरोना फैलिने जोखिम बढेसँगै प्रतिबन्धहरु लागू गरिएको छ। केही स्थानमा लकडाउन नै गरिएको छ।

केन्द्र र राज्य सरकारले संक्रमण बढ्दै गएको भन्दै सतर्कता अपनाउन र भिडभाड नगर्न आग्रह गरेको छ। साथै प्रतिबन्धहरु पालना गर्न र स्वास्थ्य प्रोटकल पालना गर्न अनुरोध गरेको छ। तर मानिसहरु मास्क नलगाइ सडकमा हिँड्ने क्रम बढेपछि केही क्षेत्रमा कडाइ गरिन थालेको छ।

फेरोजपुरमा मास्क नलगाइ हिँड्डुल गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएर कोरोना परीक्षण गराउने र मास्क दिने कार्य गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell