PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

पाकिस्तानी प्रधानमन्त्री इमरान खानमा देखियो कोरोना संक्रमण, दुईदिन अघि लगाएका थिए खोप



पाकिस्तानी प्रधानमन्त्री इमरान खानमा देखियो कोरोना संक्रमण, दुईदिन अघि लगाएका थिए खोप

पाकिस्तानका प्रधानमन्त्री इमरान खान कोरोना भाइरसबाट संक्रमित भएका छन्।

कुरानमा लेखिएको वाक्य 'म बिरामी हुँदा अल्लाह ले नै मलाई निको पार्नुहुन्छ' ट्वीटरमा राख्दै  पाकिस्तानको प्रधानमन्त्री कार्यालयले खानमा संक्रमण देखिएको जनाएको हो।

 

 

दुई दिन अघि बिहीबारमात्रै खानले कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज लगाएका थिए।  

डा फैसल सुलतानले खानमा हाल कोरोनाको मध्यम लक्षण देखिएको र होम आइसोलेसनमा रहेको उल्लेख गरेका छन्। प्रधानन्त्रीका विशेष सहायक डा शाहबाज गिलले लक्षणहरु कडा नभएको बताएका छन्। उनले खानलाई हल्का खोकी र ज्वरो देखिएको बताएका छन्।

खानले कोरोनाको तस्रो लहर देखिएको र संक्रमणको अवस्था बढ्न सक्ने भन्दै सबैलाई सतर्क रहन आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell