PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

सिड्नीमा बाढीको खतरा, हजारौं मानिसलाई शहर छाड्‍न भनियो



सिड्नीमा बाढीको खतरा, हजारौं मानिसलाई शहर छाड्‍न भनियो
Photo L Getty Images via AFP

अस्ट्रेलियाको सिड्नीमा बाढीको खतरा बढेपछि सर्वसाधरणलाई सुरक्षित स्थानमा जान भनिएको छ। केही दिनदेखि न्यू साउथ वेल्समा पानी परिरहेको छ। जसकारण केही क्षेत्र डुबानमा पर्न सक्ने सम्भावना बढ्दै गएको छ।

पानीको बहाव बढ्ने देखिएकोले मानिसहरुलाई घर छाडेर सुरक्षित स्थानमा जान भनिएको न्यू साउथ वेल्सका प्रिमियर गल्डिज बेरेजिक्लिनले बताए। उनले सिड्नीबाट हजारौं मानिसलाई अन्यत्र जान भन्न सकिने बताएका छन्।

केही स्थानमा बाढीमा फसेका मानिसहरुको उद्धारको काम भइरहेको छ। सडक मार्गहरु बन्द गरिएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell