PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

झा दम्पती बेपत्ता प्रकरण : एकै परिवारका तीन सहित ४ अभियुक्त सार्वजनिक, दम्पतीको अवस्था अझै अज्ञात



सुमित मिश्र

झा दम्पती बेपत्ता प्रकरण : एकै परिवारका तीन सहित ४ अभियुक्त सार्वजनिक, दम्पतीको अवस्था अझै अज्ञात

जनकपुरधाम : महोत्तरीका झा दम्पती बेपत्ता प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले एकै परिवारका तीन जनासहित चार जनालाई सार्वजनिक गरेको छ। जिल्लाको पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडवाबाट झा दम्पती बेपत्ता भएको ४ सातापछि ४ जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले सार्वजनिक गरेको हो।

प्रहरीले झा दम्पती अपहरणमा संलग्न रहेको अभियोगमा पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडवाका ५२ वर्षीय रामबाबु यादव, उनकै २६ वर्षीय छोरा सुरेन्द्र यादव, कान्छो छोरा राजेन्द्र यादव र भारत मधुवनी जिल्ला मधवापुरका हरेन्द्र ठाकुरलाई सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले बेपत्ता भएका दम्पतीको अवस्था सार्वजनिक गर्न नसकेपछि सीआइबीले अनुसन्धान थालेको २ दिन नबित्दै चारै जनालाई घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरी सार्वजनिक गरिएको हो। यद्यपि दम्पतीको अवस्था वा उनीहरु जीवित रहे नरहेको विषयमा अहिलेसम्म केही स्पष्ट हुन नसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए।

गत फागुन १० गते राति घरमा सुतिरहेकै अवस्थामा ओछ्यानसहित अवकास प्राप्त ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झा बेपत्ता भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell