
अदालतले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई फरक दल बनाएपछि तत्कालीन ने क पा’को विवाद अहिले एमालेमा सरेको छ। शीर्ष नेताहरु एक अर्काे समूलाई कारबाही र समानान्तर भेलामा व्यवस्त छन्। कारबाहीको सिलसिला जारी छ। शनिबारमात्र अध्यक्ष ओली समूहले नेपाल पक्षका चार शीर्ष नेतालाई कारबाही प्रक्रियाका लागि स्पष्टीकरण सोधेको छ। कारबाहीको शृङ्खला कुन विन्दुमा रोकिन्छ यकिन छैन।